तनहुँ : तनहुँको व्यास नगरपालिका-४ निवासी विकास दरै क्यान्सर रोगबाट पीडित भएर भारतमा उपचाररत हुनुहुन्छ । घरको आर्थिक अवस्था कमजोर भएपछि विकासको परिवारले सहयोगको अपिल गरिरहेको छ । केही व्यक्ति तथा सङ्घसंस्थाको पहलमा उपचारका लागि रकम जुट्ने क्रम पनि शुरु भएको छ ।
विकासको उपचारमा सहयोग जुटाउने उदेश्यले दमौलीमा चैत २० गते फोटो प्रदर्शनी हुने भएको छ । प्रदर्शनीमा विकासले खिचेका फोटोहरु राखिने उहॉका साथी सनम अधिकारीले जानकारी दिनुभयो । प्रदर्शनीमा राखिने फोटोहरु विक्री गरिने र विक्री भएको रकम विकासको उपचारका लागि सहयोग गरिनेछ।
कुशल फोटोग्राफर रहनुभएका विकासले देशका विभिन्न ठाउँमा पुगेर तस्वीरहरु कैद गर्नुहुन्थ्यो ।