माओवादीले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    माओवादीले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०७७, बिहीबार

    काठमाडाै : नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन अझै केही दिन फिर्ता नलिने भएको छ। बिहीबार बसेको काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठकले अझै दुई-तीन दिन समर्थन फिर्ता नलिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयाे ।

    बरु सरकार गठनका लागि अन्य दलसँग छलफल गरिने उहाँले बताउनुभयाे । “सरकार गठनको विषयमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग थप छलफल गर्ने निष्कर्षमा पुगेका छौं,” श्रेष्ठले भन्नुभयाे ।

    सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसेको थियो। बैठकमा सरकारलाई दिएको समर्थनका विषयसँगै नेकपा विघटन गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न दिएकाे निवेदनका विषयमा पनि छलफल भएको छ।