काठमाडौं : नेकपा एमालेले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ । नेताद्वयले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय पार्टीले लिएको हो । एमालेको केन्द्रीय समितिले चार नेतामाथि स्पष्टीकरण सोधेको थियो ।
पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिनुभएकाे थिएन । फेरि उनीहरूमाथि दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो । त्यसको जवाफ उनीहरूले दिएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको एमालेले ठहर गरेको छ ।
अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारवाही हुन सक्ने अध्यक्ष केपी शर्मा ओलीले जनाएका छन् । नेताद्वयलाई सच्चिनका लागि यो अन्तिम मौका भएको ओलीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । (नेपाल प्रेसबाट)