तनहुँ : नेकपा एमालेबाट ६ महिना निलम्बनमा पर्नुभएका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले तनहुँमा पनि समानान्तर समिति बनाएको छ । बिहीबार पोखरामा आयोजित भेलाले तनहुँमा पनि समानान्तर समिति गठन गरेको हो ।
समानान्तर समितिको अध्यक्षमा शङ्करनारायण श्रेष्ठ र सचिवमा श्रीराम कार्की चयन हुनुभएको छ । श्रेष्ठ यसअगाडी नेकपा एमालेको गण्डकी प्रदेश कमिटी सदस्य र कार्की व्यास नगर कमिटीको अध्यक्ष हुनुहुन्थ्यो । माधव नेपाल पक्षले प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी गठन गरेको छ ।