तनहुँ जिल्ला उपसचिव सिग्देलले छाड्नुभयाे माधव नेपालको साथ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ जिल्ला उपसचिव सिग्देलले छाड्नुभयाे माधव नेपालको साथ

    खबरपुञ्ज संवाददाता

    ३१ चैत्र २०७७, मंगलवार

    तनहुँ :नेकपा एमाले तनहुँका जिल्ला उपसचिव विष्णुभक्त सिग्देलले माधव नेपाल समुह परित्याग गर्नुभएको छ । माधव नेपाल समूह परित्याग गर्नुभएका सिग्देलले मङ्गलबार दमाैलीमा आयाेजित राष्ट्रिय युवा सङ्घकाे जिल्ला भेलालाई सम्बाेधन गर्नुभएकाे छ ।

    एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतको उपस्थितमा मङ्गलबार उहाँले माधव नेपाल गुट छाडेको घोषणा गर्नुभएको हो । कार्यक्रममा बाेल्दै सिग्देलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीकाे नेतृत्वमा समृद्धि सम्भव रहेकाे उल्लेख गर्नुभयाे ।