काठमाडाै : राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई साथ नदिने निर्णय गरेसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङकाे पद धरापमा परेको छ। राजमो पार्टी अध्यक्ष चित्र बहादुर केशीले एक विज्ञाप्ति जारी गर्दे सरकारविरुद्ध प्रतिपक्षले ल्याउने अविस्वासको प्रस्तावमा समर्थन गर्ने जानकारी दिनुभएकाे हाे ।
‘गण्डकी प्रदेश सरकारले केपी ओलीको पक्षमा काम गरिरहेको छ । त्यसका क्रियाकलापहरुले पनि प्रतिगमनलाई मद्दत पुग्छ । त्यसकारण गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ,’ वक्तव्यमा भनिएको छ। जनमोर्चाले एमालेलाई दिएको समर्थनबाट फिर्ता गरेकोजनाएको छ ।