काठमाडाै : प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा सरकारले उल्लेखित प्रगति हासिल गरेको बताउनुभएकाे छ । प्रधानमन्त्री ओलीले नयाँ बर्ष २०७८ को अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दे अनेकन असहज परिस्थितिका बाजबुत २०७७ साल सफल वर्षको रुपमा रहेको बताउनुभयाे । कोभिड १९ को महामारीले विश्वनै आक्रान्त भएको बेला त्यसको असर नेपालका सबै क्षेत्रमा परेको भएपनि २०७७ सालमा ठूला दीर्घकालिन महत्वका काम भएको दाबी गर्नुभयाे ।
उनले प्रतिकुलताका बीच २०७७ सालमा असाधारण काम भएको र राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा सफलताको वर्ष रहेको बताउनुभयाे । कोभिड १९ महामारीसंगै मुलुकमा केही राजनीतिक अस्वस्थता देखापरेपनि गतवर्ष उपलब्धिको वर्ष रहेको उहाँले सुनाउनुभयाे ।
उहाँले आफ्नो भूभाग समेत सामेल गरेर नया नक्सा सार्वजनिक गरेको र यसले राष्ट्रिय गौरव बढाएको र सबैमा आत्मविश्वास बढाएको दाबी गर्नुभयाे । सरकारले सातै प्रदेशमा ठूला ठूला नयाँ औद्योगिक क्षेत्रको सिलन्यास गरेको र लगानीका लागि शान्तिपुर्ण र अनुकुल वातावरण बनेको उहाँकाे भनाई थियाे ।
उहाँले प्रतिदिन साढे ५ किलोमिटर बाटो बन्नेगरेको, प्रति १२ वटा आवासगृह निर्माण भईरहेको, पुर्वदेखी पश्चिमसम्म पुल बनाउने, करिडोर र लिंकरोड, मध्यपहाडी राजमार्ग (पुष्पलाल), मदनभण्डारी राजमार्ग, पुर्वपश्चिम राजमार्ग लगायत राजमार्गको स्तरोन्नति र निर्माणको कम भईरहेको फेयरिस्त प्रस्तुत गर्नुभयाे ।