तनहुँमा वैशाख ७ र ८ गते दोस्रो मात्राको खोप अभियान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा वैशाख ७ र ८ गते दोस्रो मात्राको खोप अभियान

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०७८, शुक्रबार

    तनहुँ : तनहुँमा यही वैशाख ७ र ८ गते कोभिड विरुद्धको दोस्रो मात्राको खोप अभियान सञ्चालन हुने भएको छ । कोभिड विरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई स्वास्थ्य कार्यालय तनहुँले वैशाख ७ र ८ गते दोस्रो मात्राको खोप लगाउने तयारी गरेको हो ।

    पहिलो मात्राको खोप अभियान गत माघ १४ गतेदेखि २४ र फागुन २ गतेदेखि १० गतेसम्म सञ्चालन भएको थियो । त्यसक्रममा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, कैदीबन्दी, वृद्धवृद्धा, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, सरकारी सेवाका कर्मचारी, सुरक्षाकर्मी, न्याय सेवाका कर्मचारी, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी, प्राधिकरण तथा संस्थानका कार्यरत कर्मचारी र पत्रकारलाई खोप लगाइएको थियो ।

    स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले दोस्रो मात्राको खोप लगाउनका लागि यसअघि प्रदान गरिएको खोपकार्ड अनिवार्य रुपमा लिएर आउनुपर्ने बताउनुभयो ।

    स्वास्थ्य कार्यालयले दोस्रो मात्राको खोप अभियान सञ्चालनका लागि स्वास्थ्य संस्था समेत निर्धारण गरेको छ । जसअनुसार व्यास नगरपालिकास्थित दमौली अस्पताल, स्वास्थ्य कार्यालय भवन, कैदीबन्दी, वृद्धवृद्धाका लागि सम्बन्धित स्थानमा, भानु नगरपालिकास्थित पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र, भानु स्वास्थ्यचौकी, शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, खैरेनीटार स्वास्थ्यचौकी, भीमाद नगरपालिकास्थित भीमाद प्राथमिक स्वास्थ्य केन्द्र, बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पताल र डुम्रे आधारभूत स्वास्थ्य केन्द्रमा खोप अभियान सञ्चालन गरिनेछ ।

    घिरिङ गाउँपालिकास्थित घिरिङ स्वास्थ्यचौकी र साभुङ स्वास्थ्यचौकी, ऋषिङ गाउँपालिकास्थित भिरकोट स्वास्थ्यचौकी र कोटदरवार स्वास्थ्यचौकी, देवघाट गाउँपालिकास्थित धर्मास्थल अस्पताल, आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी स्वास्थ्यचौकी, कृष्णमन्दिर वृद्धाश्रम र म्याग्दे गाउँपालिकास्थित थर्पु स्वास्थ्यचौकी र जामुने स्वास्थ्यचौकीमा खोप अभियान सञ्चालन हुनेछ ।