तनहुँ उद्योग वाणिज्य सङ्घमा मतदान सकियो, १४९४ मत खस्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ उद्योग वाणिज्य सङ्घमा मतदान सकियो, १४९४ मत खस्यो

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०७८, शनिबार

    दमाैली : तनहुँ उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको छ । बिहान ८ बजेदेखि शुरु भएको मतदान ४:३० सम्म चलेको थियो ।

    कूल १ हजार ९ सय ५० मतमध्ये एक हजार ४ सय ९४ मत खसेको छ । निर्वाचन समितिका संयोजक एवं तनहुँ बार एसोशिएसनका अध्यक्ष भानु सुवेदीले उम्मेदवारसँग छलफलपछि मतगणना शुरु गरिने जानकारी दिनुभयो ।

    सङ्घको अध्यक्षका लागि पविन्द्रकुमार श्रेष्ठ र बैकुण्ठनाथ मिश्रबीच प्रतिस्पर्धा भएको छ । दुवै उम्मेदवार जित्नेमा ढुक्क हुनुहुन्छ ।

    सङ्घको प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, कोषाध्यक्ष, वस्तुगत सदस्य र एसोशिएट सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् । प्रथम उपाध्यक्षमा इमकुमार मल्ल, द्वितीय उपाध्यक्षमा कुमार मल्ल, कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ निर्वाचित हुनुभएको भने वस्तुगत सदस्यमा शिवओम मल्ल र वस्तुगत सदस्यमा तनहुँ सुनचाँदी व्यवसायी सङ्घ निर्वाचित भएको तनहुँ उद्योग वाणिज्य सङ्घले जनाएको छ । महासचिव पद भने अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।