नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित, कुशल र आशिफको अर्धशतक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित, कुशल र आशिफको अर्धशतक

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०७८, शनिबार

    काठमाडौँ : त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले नेदरल्याण्ड्सविरुद्ध शानदार जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रकेट मैदानमा शनिबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको हो।

    नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेदरल्याण्ड्सले नेपाललाई १३७ रनको लक्ष्य दिएको थियो।

    जवाफी व्याटिङमा उत्रिएको नेपालले १५ ओभरमा लक्ष्य पूरा गरेको हो। नेपालका तर्फबाट कुशल भुर्तेल र आशिफ शेखले अर्धशतक प्रहार गरे। उनीहरुले ११६ रनको कीर्तिमानी साझेदारी गरेका छन्।

    ४६ बलको सामना गरेका कुशल ५ चौका र ५ छक्काको मद्दतमा ६२ रन बनाएर आउट भएका थिए। आशिफले ३८ बलमा ४ चौका र ४ छक्कासहित ५४ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्लले ७ बलमा १३ रन जोडे।

    यसअघि ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ‍४ विकेटको क्षतिमा १३६ रन बनाएको थियो।

    नेदरल्याण्ड्सका लागि बास डी लिडले सर्वाधिक ४१ रन बनाए। यस्तै स्कट एडवार्ड्सले ३०, पिटर सिलारले २३ र एन्टोनिउस स्टलले २० रन बनाए।

    बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र शाहब आलमले एक–एक विकेट लिएका थिए।

    नेपालले सिरिजको दोस्रो खेलमा वैशाख ६ गते मलेशियासँग खेल्ने छ। तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग वैशाख ७ गते र लिगको अन्तिम खेलमा मलेशियासँग वैशाख ९ गते खेल्ने छ।

    सिरिजका शीर्ष दुई टिम उपाधिका लागि खेल्ने छन्। फाइनल वैशाख ११ गते हुनेछ।