तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घको मतगणना शुरु भएको छ । शनिबार ७:४५ बाट मतगणना शुरु भएको हो ।
मतदानमा कूल १ हजार ९ सय ५० मतदातामध्य एक हजार चार सय ९४ मत खसेको थियो । अध्यक्षका लागि पविन्द्रकुमार श्रेष्ठ र बैकुण्ठनाथ मिश्रबीच प्रतिस्पर्धा भएको छ।
प्रारम्भिक मतगणना अनुसार पविन्द्रले ४० र बैकुण्ठनाथले ५३ मत प्राप्त गर्नुभएको छ ।