म्याग्देका महिलालाई सिलाईकटाई तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देका महिलालाई सिलाईकटाई तालिम

    खबरपुञ्ज संवाददाता

    ९ बैशाख २०७८, शुक्रबार

    तनहुँ : गरिबी निवारणका लागि लघु उद्यम विकाश कार्यक्रम अन्तगत म्याग्दे गाउँपालिकाको आयोजनामा सिलाई कटाई तालिम शुक्रबार सम्पन्न भएको छ । म्याग्दे गाउँपालिका-६ स्थित सर्वलाङमा सञ्चालित तालिमको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले समापन गर्नुभयो ।

    तालिमको समापन गर्दै रानाले गाउँपालिकाले गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउन विभिन्न तालिम गर्दै आएको बताउनुभयो । उहॉले हरेक नागरिक उत्पादनसँग जोडिनुपर्ने बताउँदै त्यसका लागि गाउँपालिकाले सहजीकरण गर्ने धारणा राख्नुभयो ।

    वडाध्यक्ष बसन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, कार्यपालिका सदस्य बद्रीका घिमिरे, लेखा अधिकृत नवराज पोख्रेल, उद्योग शाखा प्रमुख प्रदिप न्यौपाने,प्रशिक्षक विन्दु जि.सि. लगायतकाले सिकेको सीपलाई व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो ।

    तालिममा १० जना सहभागी भई कुर्ता, सुरूवाल, चोलो, म्याक्सी, दौरा, भोटो, चोला लगायतका सामानहरू सिलाउन सिकेका छन् । सोही अवसरमा गाउँपालिका अध्यक्ष रानाले संयुक्त रुपमा महिलाहरुलाई पॉच थान सिलाई मेसिन हस्तान्तरण गर्नुभयो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले सीपसँगै प्रविधिका कार्यकमलाई पनि अगाडि बढाइएको जानकारी दिनुभयो ।