तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले कोरोना विरुद्ध सचेतना जगाउन मङ्गलबार ‘तपाईको मास्क खै’ अभियान सञ्चालन गरेको छ । कोरोनाको जोखिम बढ्दै गएकाले गाउँपालिकाले मास्क लगाउन आग्रह गर्दै तपाईको मास्क खै अभियान सञ्चालन गरेको हो ।
गण्डकी प्रदेशको प्रवेशद्वार पुलजीपमा गाउँपालिकाले उक्त अभियान सञ्चालन गर्दै मास्क लगाउन सचेतना प्रदान गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो । “गण्डकी प्रदेश भित्रिने सवारी साधनलाई रोकेर यात्रुहरुलाई सचेतना प्रदान गरेका छौ,” उहाँले भन्नुभयो । सो क्रममा गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेल, स्वास्थ्यकर्मी लगायत कर्मचारीको सहभागिता थियो ।