तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिकामा आजदेखि विद्यालय बन्द हुने भएको छ । कोरोनाको जोखिम बढेसँगै सरकारको निर्णय बमोजिम गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
भर्चुअल तथा वैकल्पिक माध्यमबाट हुने पठनपाठन यथावत राख्दै स्वास्थ्य मापदण्ड पूरा गरी शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षाको आन्तरिक तयारी यथावत राख्ने र विद्यालयमा भौतिक रुपमा उपस्थित भई सञ्चालन हुने परीक्षा लगायत अन्य गतिविधि अर्को सूचना जारी नभएसम्म बन्द गरिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेललो जानकारी दिनुभयो ।