चितवनमा बिहीबारदेखि १५ दिनसम्म निषेधाज्ञा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    चितवनमा बिहीबारदेखि १५ दिनसम्म निषेधाज्ञा

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७८, बुधबार

    चितवन : बिहीबारदेखि लागु हुने गरि चितवन जिल्लाभर १५ दिनको लागि लकडाउन घोषणा भएको छ ।

    जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ती जारी गर्दै बैशाख १६ गते मध्यरातदेखि बैशाख ३१ गते मध्यरातसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको जनाएको हो ।

    प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कोभिड-१९ संक्रमण जिल्लामा तीव्ररुपमा फैलिएको बताउँदै आदेश जारी गरिएको जनाउनुभएको छ ।