तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई जिल्ला समन्वय समितिले सम्मान एवं बधाई ज्ञापन गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी समितिले सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ लगायत पदाधिकारी, सदस्य, दमौली बजार इकाई समितिका सभापति भूपाल आले, महिला उद्यमी सभापति शकुन्तला आलेलाई बधाई ज्ञापन गरेको हो ।
समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, उपप्रमुख पवित्रा पौडेल लगायतले उहॉहरुलाई खादा ओढाएर सम्मान व्यक्त गर्नुभयो । सो अवसरमा समन्वय समितिका प्रमुख वाग्लेले व्यवसायीका हकहितका पक्षमा काम गर्न नेतृत्वलाई सुझाव दिनुभयो ।