सांसद श्रेष्ठलाई कोरोना, सुरक्षित रहन सबैलाई आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सांसद श्रेष्ठलाई कोरोना, सुरक्षित रहन सबैलाई आग्रह

    खबरपुञ्ज संवाददाता

    १७ बैशाख २०७८, शनिबार

    तनहुँ : तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार गरिएको पिसीआर परीक्षण अनुसार सांसद श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    कोरोना सङ्क्रमण भएपनि कुनै प्रकारको असजिलो महशुस नभएको र होम आइसोलेशनमै रहेको सांसद श्रेष्ठले बताउनुभयो । कोरोना सङ्क्रमण बढिरहेको अवस्थामा सांसद श्रेष्ठले सबैलाई सुरक्षित रहनका लागि आग्रह समेत गर्नुभएको छ ।