देशभर २९ जिल्लामा निषेधाज्ञा, ८ जिल्लामा आइतबारदेखि लागू हुने (सूचीसहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देशभर २९ जिल्लामा निषेधाज्ञा, ८ जिल्लामा आइतबारदेखि लागू हुने (सूचीसहित)

    खबरपुञ्ज संवाददाता

    १७ बैशाख २०७८, शनिबार

    काठमाडौं : दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि सरकारले ‘चेक ब्रेक’ गर्ने भन्दै विभिन्न निषेधका आदेशहरु जारी गरेको छ। 

    निषेधका आदेश जारी गरिएका ठाउँमा अत्यावश्यक बाहेकका कामका लागि सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाइएको छ। यस्तै, अत्यावश्यक बाहेकका सवारीका साधनहरु समेत सञ्चालन गर्न पाइने छैन। 

    तराईं–मधेस तथा उपत्यकाका जिल्लाहरुमा ५०० र पहाडी जिल्लामा २०० सक्रिय संक्रमित पुगे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्ने गरी मन्त्रिपरिषद्ले नै निर्णय गरिसकेको छ। 

    मन्त्रिपरिषदको उक्त निर्णयपछि काठमाडौं उपत्यकाका ३ जिल्लासहित उपत्यका बाहिरका केही जिल्लामा वैशाख १६ गते (बिहीबार)देखि नै निषेधाज्ञा लागू भइसकेको छ। 

    केही जिल्लामा भने शुक्रबार र  शनिबार तथा केही जिल्लामा आइतबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ। 

    गृह मन्त्रालयका अनुसार शनिबार साँझसम्म २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। ७ वटाबाहेक अन्य २२ जिल्लामा जिल्लाभर नै निषेधाज्ञा लागू हुने छ। निषेधाज्ञा घोषणा गरिएकामध्ये २१ जिल्लामा शनिबारसम्म निषेधाज्ञा लागू भइसकेको छ भने ८ जिल्लामा आइतबारदेखि लागू हुनेछ।

    बाँकी ७ जिल्ला मोरङ, दार्चुला, बर्दिया, बाग्लुङ, काभ्रे, गोरखा र बाजुरामा भने संक्रमितहरु बढी भएको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। मोरङमा भने सोमबारदेखि जिल्लाभर नै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ। 

    बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्युठान र उदयपुर जिल्लामा जिल्लाभर नै लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी गरिएको कास्की जिल्लामा भने सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ। 

    सल्यान, डडेल्धुरा, रुकुम पश्चिम, बाजुरा, उदयपुर, काभ्रे, सल्यान र झापामा भने आइतबारदेखि मात्रै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ। 

    हेर्नुहोस्, कुन जिल्लामा कहिलेदेखि कहिलेसम्मका लागि जारी गरिएको छ निषेधाज्ञा–

    2078_01_18_निषेधाज्ञा_जारी_सम्बन्धी_विवरण1