शंकर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    शंकर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त

    खबरपुञ्ज संवाददाता

    १९ बैशाख २०७८, आईतवार

    काठमाडौं : लुम्बिनी प्रदेश प्रमुखले मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्त गर्नुभएकाे छ । नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्ति गरिएको प्रवक्ता चिरञ्जीवी पौडेलले जनाउनुभयाे ।

    नेकपा एमालेका संसदीय दलका नेता शंकर पोखरेलले प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गरेपछि नियुक्ति गरिएको थियो ।