काठमाडौ:विगत २४ घण्टामा नेपालमा थप ७,२११ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो कोरोनाभाइरस महामारीयताकै सबैभन्दा धेरै सङ्क्रमण पुष्टि हो। उक्त अवधिमा २७ जनाको कोभिड-१९ का कारण निधन भएको पनि मन्त्रालयले जनाएको छ।
एन्टीजन र पीसीआर विधिबाट गरी १६,७०० भन्दा केही बढी परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यसअघि शनिवार ५,७६३ जनालाई सङ्क्रमण पुष्टि भएको थियो।
त्यसभन्दा पहिले गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।हालसम्मकै सबैभन्दा धेरै गत बिहीवार ३५ जनाको कोभिड-१९ का कारण मृत्यु भएको थियो।