तनहुँ : ज्यान मार्ने उद्योग मुद्दा फरार रहेका एक प्रतिवादी दुई महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–७ पाथ्रा बस्ने ३१ वर्षीय घैटे भन्ने रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गुरुङलाई आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेका गुरुङ विरुद्ध आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
विसं २०७७ फागुन २० गते व्यास नगरपालिका–७ पाथ्रामा सोही ठाउँ बस्ने २२ वर्षीय किशोरकुमार श्रेष्ठलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोग गुरुङ विरुद्ध छ । सामान्य रुपमा भएको विवादको घटनामा रिसिइवी साँधर ज्यान मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गर्दा किशोर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका व्यक्तिहरुको खोजीकार्य तीव्र पारेको जनाएको छ ।