दुलेगौँडा : बैशाखको अन्तिम सातादेखी बाह्रौँ राष्ट्रिय जनगणना सुरु हुदैछ । बाह्रौ जनगणना अन्तर्गत बैशाख २६ देखी जेठ १४ गतेसम्म घर तथा घरपरिवार सुचिकरण फामर भरिदैछ । जेठ २५ देखी असार ८ गतेसम्म मुख्य प्रश्नावली फारम भरिदैछ । यसै सन्दर्भमा शुक्लागण्डकी नगरपालिकामा सचेतना गोष्ठी कार्यक्रम गरिएको छ ।
आईतबार स्वास्थ्य मापदण्ड पालना गर्दै शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ का सर्वसाधारण, जनप्रतिनिधी, व्यवसायी, टोल बिकास संस्थाका पदाधिकारीलाई जनगणना सम्बन्धि सचेतना गोष्ठी सञ्चालन गरिएको हो ।
स्थानिय जनगणना कार्यालय दुलेगौँडाको आयोजनामा भएको कार्यक्रममा बोल्दै शुक्लागण्डकी–४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जनगणनामा सही विवरण टिपाएर सघाउन अनुरोध गर्नुभयो ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले घर–घरमा आउने गणकलाई प्रश्नको सही जवाफ दिनुपर्ने बताउनुभयो । निर्वाचन क्षेत्र निर्धारण, आरक्षणको व्यवस्था र बजेट विनियोजनका लागी जनगणनाले महत्वपुर्ण भुमिका खेल्ने उहाँले उल्लेख गर्नुभयो । कोरोनाका कारण जनगणना प्रभावित हुन सक्ने उहाँको भनाई छ ।
स्थानिय जनगणना अधिकारी लक्ष्मण लम्सालले सहभागीलाई जनगणना किन, कहिले सञ्चालन हुदैँछ, यसमा के–के विवरण संकलन गरिन्छ, जनगणनाको महत्व लगायतका बिषयमा सहजीकरण गर्नुभएको थियो ।