अनिश्चितकालका लागि जनगणना स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अनिश्चितकालका लागि जनगणना स्थगित

    खबरपुञ्ज संवाददाता

    १९ बैशाख २०७८, सोमबार

    काठमाडौं : कोरोना महामारीका कारण आगामी राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित हुने भएको छ। आइतबारको बसेको मन्त्रिपरिषदको बैठकले यो  निर्णय गरेको हो। 

    तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले मन्त्रिपरिषदले निर्णय गरेको आफुले पनि सुनेको जानकारी दिँदै लिखित रुपमा चिठी भने आइनसकेको बताउनुभयाे । १२औं जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो।  हाल देशभर सुपरिवेक्षकको तालिम चलिरहेको छ। नेपालमा वि.सं. १९६८ देखि हरेक दस–दस वर्षमा जनगणना हुने गरेको छ।