तनहुँ : नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमण फैलिइरहेको अवस्थामा दमौली अस्पतालले गरेको पूर्वतयारीको बारेमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको नेतृत्वमा सोमबार अस्पतालको अनुगमन गरिएको छ । कोभिड व्यवस्थापनका लागि दमौली अस्पतालले गरेको तयारीका बारेमा जानकारी लिन वाग्लेको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधिले अस्पतालको अनुगमन गरेका हुन् ।
अनुगमनमा प्रमुख जिल्ला अधिकारी सागर आचार्य, व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशी, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो । अनुगमन टोलीलाई दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. सुनिल पौडेलले अस्पतालले गरेको तयारीका बारेमा जानकारी गराउनुभयो ।
कोभिड सङ्क्रमितको उपचारका लागि अस्पतालले भेन्टिलेटर सहितको कक्ष तयार पारेको छ ।