तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाका एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–३ का ४५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।
बिहान ४ः४५ बजे ती पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार यही वैशाख ११ गते निमोनियाको उपचारका लागि अस्पताल भर्ना भएका उनमा १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
फाइल तस्वीर