तनहुँकी सांसद कलिला सहित थप तीनलाई एमालेकाे स्पष्टीकरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँकी सांसद कलिला सहित थप तीनलाई एमालेकाे स्पष्टीकरण

    खबरपुञ्ज संवाददाता

    १९ बैशाख २०७८, सोमबार

    काठमाडाै : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका थप सांसदलाई स्पष्टीकरण साेध्नुभएकाे छ । यसअघि माधव नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोध्नुभएका प्रधानमन्त्री ओलीले यसपटक सांसदहरूलाई कार्यालय सचिव शेरबहादुर तामाङमार्फत् स्पष्टीकण पत्र पठाउनुभएकाे हाे ।

    तनहुँकी सांसद कलिला खातुनले फेसबुक म्यासेन्जरबाट आफूलाई तामाङले स्पष्टीकरण पत्र पठाएको बताउनुभयाे । ‘मैले जवाफ पनि म्यासेन्जरबाट पठाएँ’, खातुनले भन्नुभयाे ‘अर्को दल खोल्ने तरिकाले हिँडेको हो? भनेर सोधिएको थियो।’

    आफूलाई १७ गते सोधिएको स्पष्टीकरणमा जवाफका लागि तीन दिनको समय दिइएको उहाँले बताउनुभयाे । ‘पार्टीको विधानबारे प्रश्न थियो। मैले नयाँ विधान पढ्न पाएको छैन’, खातुनले भन्नुभयाे । जवाफमा आफूले संसदीय दलको नेता प्रधानमन्त्रीलाई मानिएको उल्लेख गरेको बताउनुभयाे ।

    ‘ह्विप पालना नगरे कारबाही भोग्छु भनेको छु’, खातुनले भन्नुभयाे, ‘म संसदीय दलको बैठकमा उपस्थित पनि भएको छु।’ तर आफूले जवाफमा पनि र प्रधानमन्त्रीलाई पनि नवौँ महाधिवेशनको विधान अनुसार अगाडि बढ्नु उचित हुने बताएको खातुनले बताउनुभयाे ।

    एमाले सांसद समीना हुसेनले पनि फेसबुकको म्यासेन्जरमा स्पष्टीकरण सोधिएको बताउनुभयाे । ‘स्पष्टीकणमा धेरै कुरा विधानको थियो। मैले पनि सबै जना विधि विधानमा चल्नुपर्छ भनेर लेखेर पठाएको छु। म माधव नेपाल पक्षको हो भन्ने लाग्यो कि, रौतहटको पनि भएँ’, हुसेनले भन्नुभयाे ‘जवाफमा केपी शर्मा ओली अध्यक्ष हो। पार्टीको अध्यक्षलाई नेता मान्ने हो भनेर लेखेको छु।’

    (सेताेपाटीबाट)