तनहुँ : विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले साेमबार जिल्लाका पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । शाखाले जिल्लाका क्रियाशील पत्रकारहरुलाई मास्क र स्यानीटाइजर वितरण गरेको हो ।
उक्त सामग्री महासङ्घका केन्द्रीय सदस्य प्रदीप काफ्लेले पत्रकारहरुलाई वितरण गर्नुभएको छ । कोभिडको जोखिम बढ्दै गइरहेको अवस्थामा पत्रकारहरुले सुरक्षित भएर कार्यक्षेत्रमा खटिनुपर्ने उहाँले बताउनुभयो ।
शाखाका अध्यक्ष उज्वल पौडेलले तनहुँका एक सय भन्दा बढी पत्रकारहरुलाई सामग्री वितरण गरिएको जानकारी दिनुभयो । कोभिड–१९ को दोस्रो लहरको महामारीबाट उत्पन्न हुन सक्ने समस्या र चुनौतीहरुप्रति सचेत रही पेशागत मर्यादा पूरा गर्न महासङ्घले आग्रह गरेको छ ।