नगरवासीका हरेक समस्या सम्बोधन गरेका छौ : नगरप्रमुख न्यौपाने (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नगरवासीका हरेक समस्या सम्बोधन गरेका छौ : नगरप्रमुख न्यौपाने (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०७८, बुधबार

    जिल्लाको पुरानो नगरपालिका हो व्यास । दुई दशक अगाडी नगरपालिका भएको व्यास स्रोत साधनले जिल्लाका अन्य १० स्थानीय तहभन्दा अगाडी नै छ । जिल्लाको सदरमुकाममा पर्ने व्यासको बागडोर गएको चार वर्षदेखि मेयर बैकुण्ठ न्यौपानेको नेतृत्वमा सम्हालिदँैछ । यी चार वर्षमा व्यास नगरपालिकामा के कति काम भएका छन् त ? जनताको अपेक्षा पूरा हुने गरी काम गर्न सकियो कि सकिएन, कसरी विश्लेषण गरिएको छ ? कोरोनाको प्रभावले विकास निर्माणमा कस्तो प्रभाव पारेको छ ? यस्तै विषयमा खबरपुञ्जले न्यौपानेसित गरेकाे कुराकानी :

    कोरोनाको दोस्रो भेरियन्ट तीव्र गतिमा फैलिइरहेको छ । व्यास नगरपालिकामा सङ्क्रमणको स्थिति कस्तो छ ?
    व्यासमा सङ्क्रमणको स्थिति विस्तारै अगाडी बढिरहेको छ । अहिलेसम्म करिब २५ जना सङ्क्रमित भएका छन् । हरेक हप्ताको सोमबार पिसीआर परीक्षणको व्यवस्था गरिरहेका छौ । हाम्रो स्तरबाट गर्नुपर्ने पूर्व सावधानी अपनाइरहेका छाँै । सचेतना, सर्तकता नै मुख्य हामीले गर्नुपर्ने हो, त्यो भन्दा जटिल दायित्व के–के गर्नपर्ने हो त्यो सबै गर्दै जान्छौ ।


    जोखिमयुक्त स्थानबाट आएकाहरु सिधै घर–घरमा गइरहेका छन् । यसले झनै जोखिम बढाएको छ । क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनमा चासो किन नदिनुभएको ?
    क्वारेन्टिन र आइसोलेसनका कुरा के भो भने अहिले मानिसहरु आफै सचेत र स्वाबलम्वी छौै भन्ने स्थिति सिर्जना भयो । पहिला लकडाउन हुन्थ्यो र जो मान्छे आउनुपर्ने हो, कुन सवारी साधनबाट आउँछन् उसले अनुमति लिएर आउनेजाने क्रम हुन्थ्यो । तिनीहरुलाई हामीले क्वारेन्टिनमा राख्थ्यौ । पिसीआर परिक्षण भएपछि मात्रै घर पठाउथ्यौ । अहिले यातायातमा त्यति सतर्कता, सचेतना, त्यसको अभिलेखीकरण छैन । कहाँबाट आउँछन् जान्छन् भन्ने कुरा नभएको कारण मानिसहरु घर आउने बस्ने क्रम चलेको छ । बिरामी भइसकेपछि मात्रै हामीलाई जानकारी आउँछ । सकेसम्म होम क्वारेन्टाइन, होम आइसोलेसन बस्ने भन्ने सरकारको नीति छ । कडा लक्षण देखिएका कठिन भएका मात्रै अस्पताल आउ नत्र नआउ भनेको हुनाले हामीलाई पनि व्यवस्थापन गर्न गाह्रो भईरहेको छ । हामी क्वारेन्टिनका लागि तयार छौ । क्षेत्री समाजको भवनमा ७० वटा बेड तयार छन् । करिब रु दश लाख खर्च गरेर नगरपालिकाले भवनलाई मर्मत सम्भार गरेर छ महिनादेखि त्यसको साँचो राखेका छौँ । तर, त्यो क्वारेन्टिनमा बस्ने मान्छे पाईराख्या छैनौ ।


    व्यासमा त रोटरीले दिएको पिसीआर मेसिन पनि छ । आधा वर्षसम्म पनि सञ्चालनमा ल्याउन सक्नुभएन नी ?एउटा त यो पिसीआर मेसिन कुनैपनि अस्पतालले स्वीकार गरेको अवस्था रहेनछ, हामीलाइ त्यो थाहा भएन । यो मेसिन प्रदान गर्ने रोटरीका साथीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । तर, के भो भन्दा त्यसलाई जडान गर्दा प्रयोगशाला भवन अलग्गै चाहिने । त्यसपछि अहिले हामीसँग भएको जनशक्ति भन्दा अलि उच्चस्तरको जनशक्ति, सिफ्टवाइज चाहिने । र एकपटकमा जम्मा ८ जनाको मात्रै पिसीआर हुनसक्ने एक घण्टा भित्रमा भन्ने अवस्था भएपछि व्यवस्थापन गर्ने प्रयत्न पनि ग¥यौ । शुरुमै जडान गर्दा नै रु ५० लाखको हाराहारीमा खर्च हुन सक्ने भन्ने जानकारी प्राप्त भएपछि आर्थिक स्रोतको समस्या भयो । मेसिन लिन त लियौ हामीले तर, अहिले तुरुन्तै इन्स्टल गर्ने क्षमता भएन । यो प्रकृया शुरु भएपछि फेरी बाढी पहिरोले करिब ३–४ करोडकै धक्का हान्यो । त्यसले गर्दा पनि हामीले पिसीआर मेसिन सञ्चालन गर्न नसकेका हौँ ।

    भनेपछि तत्कालै सञ्चालनमा आउँदैन ?
    तुरुन्तै आउँदैन होला सायद । कुनै अस्पतालले लिन चाहन्छन् भने हामी प्रदान गर्न तयार छौँ । जिपी अस्पतालले पनि लिन मानिराखेको छैन । यहाँ दमौली अस्पतालले नि मानेको छैन । त्यसलाई भवन नै छुट्टै चाहिने । सुरक्षा व्यवस्था मिलेन भने सङ्क्रमण सर्ने डर हुने र सञ्चालन खर्च चर्को लाग्ने भएकाले सञ्चालनमा कठिन भइरहेको छ ।

    गत वर्षदेखि कोरोना कहरले अत्ताइरहेको अवस्था छ । यसले व्यासको विकास निर्माणमा कत्तिको असर पारिरहेको छ ?
    एकदमै असर पारेको छ । कस्तो खालको असर पारेको छ भने एकातिर ठेक्का टेण्डरहरु गरेका विकास निर्माणका काम समयमै सम्पन्न गर्न सकेका छैनौ । गएको वर्ष त कामदारहरु नै घर फर्कने स्थिति सिर्जना भयो । त्यसो हँुदा काममा ढिलाइ भएको छ । अर्को चाँही हामीले विनियोजन गरेको योजनामा जुन स्रोतबाट पैसा आउँछ भनेका थियौं त्यो आएन । नेपाल सरकारले गएको वर्ष राजस्व बाँडफाडबाट दिने भनेको करिब रु आठ करोड बजेट नै पाइएन । तीन करोड आन्तरिक आम्दानी कम भयो । करिब ११ करोड बराबरको गएका वर्षका क्रमागत योजनाको भारी बोकेर आउँदा यो वर्ष पनि कोरोनाको कहर छ । योजना बाँकी नै रहँदा एक त आर्थिक स्रोतका कारणले असर प¥यो । अर्को जनशक्तिका कारणले समयमै काममा लगाउन नसक्ने अवस्थाले ढिलाइ भएर असर परेको स्थिति छ ।

    अब कोरोनाको प्रसङ्गलाई बदलौँ, तपाईले व्यास नगरपालिकाको बागडोर सम्हालेको यही महिनाको अन्तिममा ४ वर्ष पुग्दैछ । यो अवधिमा के–के काम भएका छन् । गर्व गर्न लायक उपलब्धी केही भए ?
    व्यास नगरपालिकाले गर्व गर्न लायक यी काम गरे भन्नु भन्दा पनि नगरवासीले के कस्तो महशुस गर्नुभएको छ, त्यो मूलभूत कुरा हो । व्यास नगरपालिकाको तर्फबाट जति पनि विकासका योजना शुभारम्भ ग¥यौँ, सानो स्केलमै केन्द्रित भएका छौँ । सानो स्केलमा केन्द्रित हुनु भनेको हामीले वडाहरुलाई करिब एक करोडदेखि डेढ करोडको हाराहारीमा बजेट विनियोजन गरेका छौ । सबै वडालाई अहिलेसम्म समान व्यवहार गरेर ठूलो सानो अथवा आम्दानी दिने नदिने जुनसुकै वडा भएपनि विकास अभियानमा बजेट सकेसम्म समान हिसाबले वितरण गरेका छौँ । चार वर्षको अवधिमा मासिक दुई वटा बैठक आयोजना गरेका छौँ । समयमै नगरसभा गरेका छौँ । तिनीहरुमा कहीँ पनि बाधा, विरोध, अवरोध भोग्नुपरेन । कतिपय पालिकामा त्यस्ता पनि समस्या आएको देख्दछौँ । अहिले हामीले गौरव गर्न लायक भनेर एकीकृत विकास योजनाहरु निर्माण भइरहेका छन् । मानुङ लगायतका स्थानमा पर्यटन प्रर्बद्धनमा हामीले महत्वपूर्ण उपलब्धि प्राप्त गरेका छौँ भन्ने महशुस भएको छ । अर्को मादी नदीको १८ किलोमिटर दूरीमा अध्ययन शुरु गरिराखेका छौँ । दमौली नजिकै मादी पुल भन्दा तल कृत्रिम ताल निर्माण गरेर पर्यटन प्रर्बद्धन गर्ने योजना छ । मादीमा माथि मानुङको जस्तै अवस्था सिर्जना गर्ने, व्यास पराशर क्षेत्रको विकास अभियानलाई अगाडी बढाउने, व्यास–१० मा नारेश्वर ताल निर्माण गर्ने जस्ता महत्वपूर्ण योजना थालनी गरेका छौँ । अर्को हामीले गर्न चाहेको कृषि, पर्यटन र शैक्षिक गतिविधिमा हामीले थुप्रै उपलब्धि हासिल गरेका छौँ । र आधारभूत स्वास्थ्य केन्द्र ६ वटा वडामा थिएनन्, त्यहाँ स्थापना गरेका छौ । खानेपानीको आवश्यकतालाई सकेसम्म पूर्ति गर्ने हिसाबले एक घर एक धारा अभियानलाई नगरपालिकाभर नै विस्तार गरेका छौँ । तसर्थ तत्काल नागरिकले अपेक्षा गरेका कार्यलाई अगाडी बढाएका छौँ । करिब–करिब २५ किलोमिटरको हाराहारी हामीले बाटो कालोपत्रे पनि गरेको स्थिति छ । खेल मैदानहरु निर्माण हुँदैछन् । दमौलीमा दमौली सेन्टल पार्क भनेर निर्माण गर्न चाहिरहेका छौ । कुहिने र नकुहिने फोहरको व्यवस्थापन गरेर फोहोर व्यवस्थापन गर्न सफल छौँ । हामीले छोड्ने बेलासम्म फोहरमैलाको व्यवस्थापनका लागि स्थायी समाधान गरेर जानेछौ । बधस्थल पनि निर्माण गर्न सफल भयौैं । धेरै अनगिन्ती कार्यहरु हामीले गरेका छौँ । सानातिना काममा हाम्रो ध्यान केन्द्रित छ । १५ वर्षसम्म जनप्रतिनिधिबाट अवरुद्ध भएको, स्रोत साधन द्वन्द्वमा फसेको मुलुक थियो । आम्दानी केही थिएन । त्यस्तो अवस्थाबाट गुज्रिएर आएको नगरपालिका र सात वटा त गाउँपालिका हामीकहाँ थपिएर आएका छन् । यसलाई सन्तुलित विकास गर्नुपर्ने, समानुपातिक विकास गर्नुपर्ने चुनौतीका बिचमा पनि अगाडी बढिरहेका छौ । नगरवासीका हरेक समस्या नगरपालिकाले सम्बोधन ग¥यो है भन्ने किसिमको महशुस गराउन सफल भएका छौ भन्ने लाग्छ ।

    तपाईले गरिरहेका काम जनताको अपेक्षा थिए त । कसरी विश्लेषण गर्नुभएको छ ?
    स्थानीय तहबाट कति धेरै अपेक्षा भएको थियो, त्यो उहाँहरुको कुरा हो । मलाई के लाग्छ भने सङ्घ, प्रदेश र स्थानीय तहका अधिकारबीचको संविधानले अपेक्षित गरेका जति पनि व्यवस्थाहरु छन्, कतिपय सङ्घीय कानुन आइनसकेकाले अवरुद्ध भएका छन् । कतिपय सङ्घीय ऐन नआएका कारणले प्रदेश ऐनहरु नबनेको कारणले हामी अड्किएका छौँ । जस्तै, शिक्षा क्षेत्रमै आवश्यक कार्यहरु गर्न सकेनौ । शिक्षालाई हामीले प्राथमिकतामा राख्यौ । तर, शिक्षकहरुको दरबन्दी, सरुवा, बढुवादेखि लिएर सबै कुरामा सङ्सँगै बढी जोडिनुपर्ने भयो । त्यसो भएर सङ्घ प्रदेशसंग जोडिएका कतिपय नीतिगत कुराहरु समयमै क्लियर भएर नआउँदा हामीले काम गर्न सकेनौँ होला । तर, समय बदलिँदै जाने क्रममा नागरिकका अपेक्षाहरु अत्यन्त धेरै हुन सक्छन् । ती सबै कुरा अहिले नै सम्बोधन हुन्छ भन्ने कुरा त थिएन । सङ्घ, प्रदेश र स्थानीय तहको नीतिगत कुरा समयमा स्पष्ट नहुँदा, कानुनहरु नआउँदा सङ्घ र प्रदेश मातहतमा पुरानै संविधानका आधारमा बनेका पुरानै ऐनमा केन्द्रित हुँदा हामीले गर्न चाहेका ठोस कार्यहरु भने गर्न सक्ने स्थिति भएन ।

    सङ्घ, प्रदेश र स्थानीय सरकारको तालमेल नमिलेको भाव तपाईले नै व्यक्त गर्नुभयो । लामो समयसम्म बागडोर सम्हालेका कर्मचारी र जनप्रतिनिधिको तालमेल चाहीँ कत्तिको मिलेको छ ?
    हिजो को कस्तो थियो भन्नु भन्दा नि आज उसको प्रतिबद्धता र इमानदारीता कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । तसर्थ, हामीले कुनै आग्रह पूर्वाग्रह बिना सबै कर्मचारीको क्षमतालाई सदुपयोग गर्ने प्रयत्न गरेका छौ । स्थानीय तहमा सङ्घ र प्रदेश सरकारबाट आउने, जिल्ला विकास समितिबाट समायोजन भएर आएका कर्मचारी र वर्षौदेखि हाम्रो यही रहेका कर्मचारी हुनुहुन्छ । ३÷४ थरीका कर्मचारी हुनुहुन्छ । करारमा रहेका कर्मचारी ठूलै सङ्ख्यामा हुनुहुन्छ । अहिले हामीलाई कर्मचारी स्थायी गर्ने, बढुवा गर्ने अधिकार दिइएको छैन । कर्मचारीसँगको हाम्रो तालमेलको प्रयत्न गरेका छौँ । तर, कर्मचारीको क्षमता बदलिँदो समय अनुसार विकास गर्न सकेका छैनौँ । कहाँ के ताल मिलेको छैन ।

    अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
    सञ्चार क्षेत्रले सवलीकरण अनुसन्धानात्मक, इमान र निष्ठापूर्वक अभियान चलाउनुभयो भने हामीलाई सुधार हुदै नागरिकप्रति सर्मपित हुनलाई सद्भाव राख्दछ । र यो अन्र्तवार्ताको लागि हार्दिक आभार व्यक्त गर्दछु ।