


दमौली, १६ जेठ । शास्त्रमूर्ति जगद्गुरु श्री श्री विधुशेखर भारती सन्निधानम् शनिबार देवघाटबाट प्रस्थान गरेका छन्। देवघाटमा रहँदा उनले विभिन्न धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरूमा सहभागिता जनाएका थिए।
नेपाल भ्रमणका क्रममा उनी बिहीबार तनहुँको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको व्यास गुफाको अवलोकन गरी देवघाट पुगेका थिए। देवघाटमा श्रद्धालुहरूसँग भेटघाट, धार्मिक अनुष्ठान तथा आध्यात्मिक प्रवचनलगायत कार्यक्रमहरूमा उनको सहभागिता रहेको थियो।
यसअघि उनले मुस्ताङस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिर तथा पर्वत जिल्लाको गलेश्वरधामको पनि दर्शन तथा अवलोकन गरेका थिए। उनको भ्रमणले ती धार्मिक क्षेत्रहरूको महत्व र प्रचारप्रसारमा थप टेवा पुगेको स्थानीयवासीहरूले बताएका छन्।