गण्डकी प्रदेश सभा सदस्य थापालाई जनमोर्चाको कारबाही, संसदीय दलको नेताबाट हटाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेश सभा सदस्य थापालाई जनमोर्चाको कारबाही, संसदीय दलको नेताबाट हटाइयो

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०७८, बुधबार

    पोखरा : राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभामा आफ्नो संसदीय दलका नेता कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । जनमोर्चाका महासचिव मनोज भट्टले  थापालाई संसदीय दलको नेताबाट हटाइएको जानकारी दिनुभयो । थापाले पार्टीको निर्देशन नमानेकाले कारबाही गरिएको र यस विषयमा संसद् सचिवालयलाई जानकारी दिएको उहॉले बताउनुभयो ।

    सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट कारबाही गरिएपनि सांसद पदबाट भने निलम्बन गरिएको छैन । पार्टीका आफ्नै प्रक्रिया हुने भन्दै यसपछि के कारबाही हुन्छ भन्ने कुरा अहिले नै बताउन नमिल्ने उहॉले बताउनुभयो ।

    प्रदेश सभामा तीन सदस्य रहेको राजमोका पियारी थापा र खिमविक्रम शाहीले विपक्षी कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी गठबन्धनले मुख्यमन्त्रीको रूपमा अगाडि सारिएका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा हस्ताक्षर गरिसकेका छन् ।