कोरोनाको उपचार र नियन्त्रणका नाममा सरकार भ्रष्टचारमा लिप्त भएको आरोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    कोरोनाको उपचार र नियन्त्रणका नाममा सरकार भ्रष्टचारमा लिप्त भएको आरोप

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०७८, बुधबार


    तनहुँ : कोरोनाको उपचार र नियन्त्रण्का नाममा सरकार भ्रष्टचारमा लिप्त भएको नेपाली कांग्रेस व्यास नगर समितिले आरोप लगाएको छ ।
    व्यास नगर समितिका प्रवक्ता डम्बर अधिकारीद्वारा बुधबार जारी विज्ञप्तीमा राजधानी लगायत देशका विभिन्न भागमा अक्सिजनको चरम अभाव हुँदा बिरामीहरुले ज्यान गुमाउनु परिरहेको भन्दै सरकारको आलोचना गरिएको छ ।

    साथै विज्ञप्तीमा कोरोनाका बिरामीहरुको सहज रुपमा उपचार र अक्सिजनको व्यवस्था मिलाउन समेत माग गरिएको छ ।
    तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पताल,जिल्लाका अन्य अस्पताल र स्वास्थ्य केन्द्रहरुमा सहज रुपमा उपचारको व्यवस्था गर्न समेत माग गरिएको छ ।