तनहुँ : तनहुँका थप तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । व्यास नगरपालिकाका एक र शुक्लागण्डकी नगरपालिकाका दुई जनाको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको हो ।
स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी नगरपालिका–६ का २ वर्षीय पुरुषको आज बिहान फिस्टेल अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
शुक्लागण्डकी नगरपालिका–७ का ५५ वर्षीय पुरुषको आज बिहान मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यसैगरी व्यास नगरपालिका–१ की ३५ वर्षीया महिलाको मङ्गलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उहाँमा वैशाख २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
११ सङ्क्रमित थपिए
यसैबीच बुधबार जिल्लाका ११ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । थपिनेमध्ये पाँच जना महिला र ६ जना पुरुष रहेका छन् ।