दमौली अस्पतालमा ११ कोरोना सङ्क्रमितको उपचार हुँदै (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पतालमा ११ कोरोना सङ्क्रमितको उपचार हुँदै (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    २९ बैशाख २०७८, बिहीबार

    दमाैली : सदरमुकामस्थित दमौली अस्पतालमा ११ कोरोना सङ्क्रमितको उपचार थालिएको छ । मङ्गलबारदेखि कोरोना सङ्क्रमित भर्ना गरेर उपचार थालेको अस्पतालमा बिहीबारसम्म ११ सङ्क्रमित भर्ना भएका छन् ।

    सबै सङ्क्रमितलाई स्वास्थ्यकर्मीको निगरानीमा उपचार थालिएको दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. सुनिल पौडेलले जानकारी दिनुभयो । अधिकांश सङ्क्रमित निमोनिया पीडित छन् । उहाँका अनुसार कोभिड कक्षमा सात महिला र चार पुरुष सङ्क्रमित छन् ।

    अस्पतालले जनरल वार्डलाई कोभिड कक्षमा रुपान्तरण गरेको थियो । उक्त ठाउँमा शैय्या थप गर्ने प्रयास भइरहेको पनि अस्पतालले जनाएको छ । अस्पतालले सात आइसियु र चार वटा भेन्टिलेटर सहितको शैय्या यसअघि नै तयार गरिसकेको छ ।