दमाैली : तनहुँको व्यास नगरपालिकाले कृषि विकास बैङ्कको भवनमा सञ्चालन गरेको आइसोलेशनका लागि एमविविएस डाक्टर नियुक्त गरेको छ । आइसोलेशनमा बस्ने सङ्क्रमितको उपचारका लागि नगरपालिकाले चिकित्सक नियुक्त गरेको हो ।
नगरपालिकाले कृषि विकास बैङ्कको भवनमा ५० जना बस्न मिल्ने गरी आइसोलेशन तयार गरेको छ । घरमा बस्न नमिल्ने तथा विपन्न आर्थिक अवस्थाका सङ्क्रमितलाई राख्नका लागि नगरपालिकाले सामूहिक आइसोलेशन बनाएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।
उक्त आइसोलेशनमा प्रारम्भिक परीक्षण र अक्सिजन समेतको व्यवस्थापन गरिनेछ । जटिल बिरामीहरुलाई अस्पतालसम्म पु¥याउने कार्यका लागि निःशुल्क एम्बुलेन्सको समेत व्यवस्थापन भइसकेको न्यौपानेले बताउनुभयो । “सामान्य सङ्क्रमितलाई वडाका स्वास्थ्य फोकल व्यक्तिको निगरानीमा होम आइसोलेशनमा राख्छौ, घरमा बस्ने वातावरण नभएका र विपन्न वर्गका सङ्क्रमितलाई राख्न आइसोलेशनको व्यवस्थापन गरेका छौ,” न्यौपानेले भन्नुभयो ।