तनहुँ : कोरोना सङ्क्रमणको जोखिम कायम रहेको निष्कर्षसहित तनहुँमा थप १५ दिन निषेधाज्ञा थप गरिएको छ । शुक्रबार बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञालाई जेठ १५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यसअघि वैशाख २२ गते १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा गरिएको थियो । पहिलो चरणको निषेधाज्ञाले कोरोना सङ्क्रमण फैलावट कम गर्न सहयोग गरेको निष्कर्षसहित तनहुँमा थप १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले निषेधाज्ञा थप गर्ने निर्णय भएको जानकारी दिँदै मर्निङवाल्क र इभिनिङवाल्कमा समेत कडाई गरिने बताउनुभयो ।
Scan2021-05-14_111125