तनहुँ : तनहूँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले मुस्लिम धर्मावलम्बीको महान पर्व इद उल फित्रको अवसरमा शुभकामना दिनु भएको छ । सांसद श्रेष्ठले शुक्रबार शुभकामना सन्देश प्रकाशन गरि देश विदेशमा रहनु हुने सम्पूर्ण ईस्लाम धर्मावलम्बी समुदायका आमा बुवा दाजु भाई दिदी वहिनी साथी भाई एवं अग्रज तथा शुभचिन्तकहरुमा शुभकामना दिनु भएको छ ।
यो पर्वले हामीबीचको धार्मिक सहिष्णुता अझ उचाईमा पुर्याउने र यसलाई कायम राख्नु पर्ने सांसद श्रेष्ठले शुभकामना सन्देशमा उल्लेख गर्नुभएकाे छ ।