निजी अस्पतालमा आइसोलेशन बनाउन समिति गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निजी अस्पतालमा आइसोलेशन बनाउन समिति गठन

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०७८, शुक्रबार

    तनहुँ : जिल्लामा सञ्चालित निजी अस्पतालहरुले आइसोलेशन सेन्टर सञ्चालनका लागि समिति गठन गरिएको छ । निजी अस्पतालहरुले आइसोलेशन सेन्टर सञ्चालन गर्न चाहेमा अस्पताल तथा स्वास्थ्य संस्थाले कोभिड १९ सङ्क्रमितहरुको आइसोलेशन सम्बन्धी स्वास्थ्य मापदण्ड २०७७ अनुसारका मापदण्ड पूरा गर्नुपर्नेछ ।

    ती मापदण्ड पूरा गरी अनुमति लिन आएमा स्वीकृतीको प्रकृया अगाडी बढाउन उक्त संस्थाहरुको अनुगमनका लागि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ । समितिमा दमौली अस्पतालका मेसु डा. सुनिल पौडेल, आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. रामप्रमोद मण्डल सदस्य रहनुभएको छ भने सदस्य सचिवमा स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारी रहनुभएको छ ।

    कोभिड सङ्कट केन्द्रले आइसोलेशनमा राखिने सङ्क्रमितका लागि बिहान बेलुकाको खाना र खाजा समेतको खर्चका लागि बढीमा प्रतिदिन रु पाँच सयसम्म खर्च गर्न पाउने खर्चको मापदण्ड स्वीकृत गरेको छ ।