दमौली : तनहुँको व्यास नगरपालिकाले २५ थान अक्सिजन सिलिन्डर व्यवस्थापन गरेको छ । कृषि विकास बैङ्कको पुरानो भवनमा आइसोलेशन सेन्टर बनाएको व्यासले २५ थान अक्सिजन सिलिन्डर व्यवस्थापन गरेको हो ।
पोखराबाट शुक्रबार राति अक्सिजन भरेर ल्याएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । उहॉका अनुसार आइसोलेशन सेन्टरमा आवश्यक स्वास्थ्य सामग्री पनि व्यवस्थापन भइरहेको छ ।
नगरपालिकाले ५० शय्याको आइसोलेशन सेन्टर सञ्चालन गर्दैछ । आइसोलेशन सेन्टरका लागि एक जना एमविविएस डाक्टर र दुई जना स्वास्थ्यकर्मी नियुक्त भइसकेका छन् ।
घरमा बस्न नमिल्ने तथा आर्थिक विपन्न कोरोना सङ्क्रमितको उपचारका लागि नगरपालिकाले आइसोलेशन सेन्टर बनाएको सोतीले बताउनुभयो ।