तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाइले सशस्त्र प्रहरीलाई स्वास्थ सामग्री प्रदान गरेको छ । कोरोनाको त्रासका बीच सडकमा खटिनुपर्ने र जोखिम रहन सक्ने भन्दै इकाईले सशस्त्रलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
इकाई सभापति राजेश श्रेष्ठका अनुसार सशस्त्र प्रहरी बल मनकामना गणलाई ३६ थान फेस शिल्ड, पाँच लिटर स्यानीटाइजर र मास्क प्रदान गरेको छ ।
इकाईकै सक्रियतामा बजार क्षेत्रमा दिउँसो सुरक्षाका लागि खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खाजा र पानीको समेत व्यवस्थापन गरिएको तनहुँ उद्योग वाणिज्य सङ्घका महासचिव सुबोध अधिकारीले बताउनुभयो ।