यसरी बनाउँदैछ व्यासले आइसोलेशन कक्ष (फोटो/भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यसरी बनाउँदैछ व्यासले आइसोलेशन कक्ष (फोटो/भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ३१ बैशाख २०७८, शनिबार

    दमाैली : तनहुँको व्यास नगरपालिकाले कृषि विकास बैङ्कको पुरानो भवनमा निर्माण गरेको आइसोलेशन अन्तिम चरणमा पुगेको छ । आइसोलेशन व्यवस्थापनका लागि नगरपालिकाको स्वास्थ्य शाखाको टिम दिनरात नभनी लागिरहेको छ ।

    आइसोलेशनमा स्वास्थ्य सामग्रीदेखि अक्सिजन सिलिन्डरसम्मको व्यवस्थापनका लागि स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती आफै खटिनुभएको छ । नगरवासीको जीवन रक्षा गर्नु दायित्व भएकाले जोखिमको समयमा दिनरात नभनी काम गरिरहेको सोतीले बताउनुभयो । “जोखिम न्यूनीकरणका लागि नगरपालिकाको सिङ्गो टिम एकढिक्का भएर लागिपरेको छ,” सोतीले भन्नुभयो ।

    नगरपालिकाले ५० शैय्याको आइसोलेशन तयार गरेको छ । शनिबार बेलुकासम्म आइसोलेशनको सम्पूर्ण काम सकिन्छ । आइसोलेशनमा २५ थान अक्सिजन सिलिन्डर पनि ल्याइसकिएको छ । “अक्सिजन सिलिन्डरमा रेगुलेटर फिट गर्ने र स्वास्थ्यका सामग्री आइसोलेशन कक्ष ल्याउन बाँकी छ,” उहाँले भन्नुभयो । नगरपालिकाले आइसोलेशनका लागि एक जना डाक्टर र दुई जना स्वास्थ्यकर्मी नियुक्त गरिसकेको छ । आइसोलेशन कक्षमा डाक्टर र स्वास्थ्यकर्मीका लागि छुट्टै भवनको व्यवस्था गरिएको छ ।

    आइसाेलेशन कक्षकाे शनिबार नै व्यास नगरपालिकाका उपप्रमुख मीरा जाेशी र प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले अनुगमन समेत गर्नुभएकाे छ । साेक्रममा उहाँहरुले काेराेना सङ्क्रमतिकाे उपचारका लागि कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाउनुभयाे ।