गोरखा वेलफेयरद्वारा व्यासलाई स्वास्थ्य सामग्री सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    गोरखा वेलफेयरद्वारा व्यासलाई स्वास्थ्य सामग्री सहयोग

    खबरपुञ्ज संवाददाता

    ३१ बैशाख २०७८, शनिबार

    दमाैली : गोरखा वेलफेयर ट्रष्ट नेपाल÷ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रमको तर्फबाट व्यास नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । नगरपालिकाले कृषि विकास बैङ्कको भवनमा सञ्चालन गरेको आइसोलेशनका लागि उक्त संस्थाले विभिन्न स्वास्थ्य सामग्री शनिबार सहयोग गरेको हो ।

    उक्त सामग्री वेलफेयर ट्रष्ट नेपाल पोखराका निर्देशक दिपक श्रेष्ठले नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गर्नुभएको छ । उक्त सामग्री रु एक लाख ३८ हजार मूल्य बराबरको रहेको नगरपालिकाले जनाएको छ ।

    उक्त संस्थाले ३० थान पिपिई, एक सय ५० थान एन९५ मास्क, दुई हजार थान सर्जिकल मास्क, एक हजार थान पञ्जा, ६० थान फेसशिल्ड, पाँच सय मिलिलिटर क्षमताको २० वटा स्यानीटाइजर, पाँच लिटरको चार वटा स्यानीटाइजर, मेडिकल गाउन ५० थान, थर्मल गन दुई थान, गमबुट आठ थान, हाइजिन किट ६० थान, सेफ्टी ज्याकेट ८ थान लगायतका सामग्री सहयोग गरेको नगरपालिकाले जनाएको छ ।

    कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संस्थाले गरेको सहयोग अतुलनीय रहेको नगरप्रमुख न्यौपानेले बताउनुभयो । कृषि विकास बैङ्कको भवनमा नगरपालिकाले ५० शय्याको आइसोलेशन तयारी गरेको छ । आइसोलेशनमा अक्सिजनको व्यवस्थापन भइसकेको छ ।

    उक्त कार्यक्रममा नगरपालिकाका उपप्रमुख मीरा जाेशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, प्रवक्ता माेहनकुमार श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख प्रमाेद साेती लगायतकाे उपस्थिति थियाे ।