पत्रकार कल्याणकारी कोषमा रकम जुट्न शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पत्रकार कल्याणकारी कोषमा रकम जुट्न शुरु

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०७८, आईतवार

    तनहुँ : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा रकम जुट्न शुरु भएको छ । शाखाले स्थापना गरेको कोषमा भानु नगरपालिका–९ पुर्कोटका राम पाण्डेले रु २० हजार सहयोग गर्नुभएको छ ।

    प्रभु बैङ्कका पूर्व सञ्चालक, प्रभु लाइफ इन्स्योरेन्सका पूर्व अध्यक्ष, आशा लघुवित्त वित्तीय संस्थाका पूर्व अध्यक्ष समेत रहनुभएका पाण्डेले कोषका लागि आइतबार उक्त सहयोग गर्नुभएको हो । सञ्चार क्षेत्र र सञ्चारकर्मीको हितमा खर्च हुने कल्याणकारी कोषमा सहयोग गर्न पाउँदा खुशी लागेको पाण्डेले बताउनुभयो ।

    पाण्डेले उक्त रकम नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको नेपाल बैङ्क लिमिटेड दमौली शाखामा रहेको खाता नं. ०६०००१००३३५३३१०००००१ मा जम्मा गर्नुभएको हो । कल्याणकारी कोष स्थापनाका लागि पत्रकारहरू, शुभेच्छुक, सहयोगी संस्था र व्यक्तिहरुलाई आग्रह गरिएको शाखाका अध्यक्ष उज्वल पौडेलले बताउनुभयो ।