जिपी कोइराला अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना हुने, आइसियु र भेन्टिलेटरका लागि समेत बजेट विनियाेजन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिपी कोइराला अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना हुने, आइसियु र भेन्टिलेटरका लागि समेत बजेट विनियाेजन

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०७८, आईतवार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लाण्ट निर्माण हुने भएको छ । कोरोना सङ्क्रमण बढ्दो अवस्थामा रहेको र जिल्लामा अक्सिजन प्लाण्टको आवश्यकता महशुस भएपछि तनहुँका प्रतिनिधि सभा केदार सिग्देल, कृष्णकुमार श्रेष्ठ र राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेको विशेष पहलमा जिपीमा अक्सिजन प्लाण्ट निर्माण हुन लागेको हो ।

    अर्थमन्त्रालयले आइतबार अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण, भेन्टिलेटर र आइसियुका लागि रु ९ करोड बजेट विनियोजन गरेको छ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) का अनुसार पाँच वटा भेन्टिलेटर र दश वटा आइसियु बेडका लागि रु ६ करोड र अक्सिजन प्लाण्ट निर्माण र उत्पादनका लागि रु तीन करोड गरी कूल रु नौ अर्थ मन्त्रालयबाट विनियोजन भएको छ ।

    त्यस्तै अर्थ मन्त्रालयले दमौली अस्पतालमा अक्सिजन प्लाण्ट निर्माणका लागि अस्पतालको माग बमोजिम रु ३० लाख बजेट उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

    No photo description available.