पुरनडिही अस्पताल कोभिड अस्पतालमा रुपान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पुरनडिही अस्पताल कोभिड अस्पतालमा रुपान्तरण

    खबरपुञ्ज संवाददाता

    ३ जेष्ठ २०७८, सोमबार

    तनहुँ : तनहुँको भानु नगरपालिका–५ स्थित पुरनडिही नगर अस्पताललाई कोभिड अस्थायी अस्पतालमा रुपान्तरण गरिएको छ । कोभिड सङ्क्रमितको उपचारका लागि भानु नगरपालिकाले नगरस्तरीय अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेको हो ।

    अस्पतालमा १५ शय्याको आइसोलेशन बनाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । साथै शय्या वृद्धि गरेर ३० शय्या बनाउने तयारी गरिएको उहाँले बताउनुभयो । “अस्पतालमा अक्सिजनसहितको आइसोलेशन तयारी अवस्थामा राखिएको छ,” उहाँले भन्नुभयो, “हाल १७ शय्या तयारी गरिएपनि दुई शय्या इमर्जेन्सीका लागि राखिएको छ ।”

    नगरपालिकामा हाल ८ जना सक्रिय सङ्क्रमित छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै होम आइसोलेशनमा छन् । नगरपालिकाले स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गर्न पठाएकाको रिपोर्ट भने आउन बाँकी छ ।

    नगरपालिकाले सबै वडामा कोरोना रोग सम्बन्धी परामर्शका लागि फोकल पर्सन तोकेको छ । वडा नं १ का लागि सन्तोष श्रेष्ठ, वडा नं २ का लागि निर्मला अधिकारी, वडा नं ३ का जितेन्द्र श्रेष्ठ, वडा नं ४ का लागि सोविता राना, वडा नं ५ का लागि डा. सुरज श्रेष्ठ र स्मृति भण्डारी, वडा नं ६ का लागि अन्जु रानाभाट, वडा नं ७ का लागि श्रीध्वज गुरुङ, वडा नं ८ का लागि सुवास देवकोटा, वडा नं ९ का लागि रश्मा पौडेल, वडा नं १० का लागि अञ्जना अधिकारी र पाण्डव ढकाल, वडा नं ११ का लागि देवीमाया गुरुङ, वडा नं १२ का सुमन थापा मगर र सुश्मा गिरी र वडा नं १३ का लागि रेवती सुनार फोकल पर्सन तोकिनुभएको छ ।