तनहुँ : लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युडको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको धक्का तनहुँ सहित विभिन्न जिल्लामा महसुस गरिएको छ ।
लमजुङको भुलभुले केन्द्रविन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद लोकविजय अधिकारीले जानकारी दिनुभयो । भूकम्पको क्षतिको विवरण भने आउन बॉकी छ ।