भूकम्पले घर भत्किदा दुई घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    भूकम्पले घर भत्किदा दुई घाइते

    खबरपुञ्ज संवाददाता

    ४ जेष्ठ २०७८, बुधबार

    लमजुङ: बुधबार विहानै लमजुङ केन्द्रविन्दु भएर गएको भूकम्पले पुर्याएको क्षति विवरण आउन शुरु भएको छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार दुईवटा घर भत्किदा दुई जना घाइते भएका छन् ।

    लमजुङस्थित पत्रकार आश गुरुङका अनुसार वेशीशहर नगरपालिका वडा ८ चनौटे र सोही नपाको वडा नम्बर ११ रामचोकवेशीमा एउटा एउटा घर भत्किदा दुई जना घाइते भएका छन् ।

    लमजुङको भुलभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पका म्याग्निच्युड ५.८ रहेको थियो।