लमजुङमा फेरि भूकम्प
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    लमजुङमा फेरि भूकम्प

    खबरपुञ्ज संवाददाता

    ४ जेष्ठ २०७८, बुधबार

    लमजुङ: लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिनुभयो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा पनि ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको थियो । दुबै भूकम्पको केन्द्र लमजुङको भुलभुले हो ।