पाइपलाईन विस्तार गर्न दमौली अस्पताललाई ३० लाख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पाइपलाईन विस्तार गर्न दमौली अस्पताललाई ३० लाख

    खबरपुञ्ज संवाददाता

    ४ जेष्ठ २०७८, बुधबार

    दमौली : तनहुँको दमौली अस्पताललाई पाइपलाइन विस्तार गर्न ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ। अर्थमन्त्रालयले कोभिड–१९को दोस्रो लहरसँग लड्न भन्दै अस्पताललाई ३० लाख छुट्याएको हो। उक्त रकमले अस्पतालमा अक्सिजनको पाइपलाइन विस्तार गरिनेछ।

    अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन सिलिन्डरमा भर्नका लागि सङ्घीय सरकारबाट बजेट विनियोजन भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो ।

    प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रले गत असारमा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न ७० लाख बजेट पठाएको थियो ।

    अस्पतालका मेडिकल सुपरेटिन्डेन्ट सुनिल पौडेल अबको २०/२५ दिनमा अक्सिजन प्लान्ट स्थापना हुन जानकारी दिनुभयो । सामाजिक विकास मन्त्रालयले आफूहरूलाई टेक्निकल स्पेसिफिकेसन पठाउन ढिला गरेको र इलेक्ट्रोनिक टेण्डर प्रक्रियामा जाँदा ढिला भएको उहॉको भनाई छ । 

    तनहुँ जिल्ला अस्पताललाई गत असारमै आपूर्ति केन्द्रले ७० लाख रुपैयाँ  पठाएको थियो । अहिले अस्पतालले जय शंकर प्रालिसँग ५७ लाखमा ठेक्का सम्झौता गरेको छ । कम्पनीले २५ दिनभित्र अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने उहॉको दाबी छ ।