थापालाई मतदान गर्न ओलीको अपिल, पार्टीको उम्मेदवारलाई मत नदिए क्षम्य नहुने चेतावनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    थापालाई मतदान गर्न ओलीको अपिल, पार्टीको उम्मेदवारलाई मत नदिए क्षम्य नहुने चेतावनी

    खबरपुञ्ज संवाददाता

    ४ जेष्ठ २०७८, बुधबार

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न आह्वान गर्नुभएको छ।

    बुधबार एक अपिल जारी गर्दै ओलीले सूर्य चिन्ह लिएर उम्मेद्वारी दिएका थापालाई मतदान गर्न पार्टी पंक्तिलाई आह्वान गर्नुभयो ।

    अपिलमा ओलीले अहिले पार्टीभित्र देखा परेका समस्याको समाधान गर्न कार्यदल बनेर काम शुरु भएको भन्दै पार्टीलाई एकताबद्ध बनाउने सबैको कर्तव्य भएको उल्लेख गर्नुभएको छ।

    अध्यक्ष ओलीले थापा एमालेको उम्मेद्वार भएकाले पार्टी निर्णय विपरीत मतदान नगर्न चेतावनी पनि दिनुभएको छ। उहॉले पार्टी उम्मेद्वारलाई मतदान नगर्नु एमाले पार्टीमा मात्रै नभएर बहुदलीय शासन प्रणालीमा पनि स्वीकार्य र क्षम्य नहुने चेतावनी दिनुभएको छ।