पोखरा : गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । वैशाख २९ मा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त हुनुभएका मुख्यमन्त्री गुरुङले बुधबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो।
मुख्यमन्त्री गुरुङले पहिलाको सरकारमा एमालेबाट सहभागी मन्त्रीलाई नै दोहोर्याउनुभएको छ । यसअघिको सरकारमा सहभागी एमालेका किरण गुरुङ, रामशरण बस्नेत, नरदेवी पुन र विकास लम्साललाई निरन्तरता दिनुभएको छ । स्वतन्त्र निर्वाचित सांसद दीपक मनाङे पनि युवा तथा खेलकुद मन्त्रीमा दोहोरिनुभएको छ ।
अहिले किरण गुरुङलाई अर्थ मन्त्रालय र मनाङेलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मा दिइएको छ । बाँकी मन्त्री भने अहिलेलाई विना विभागीय मन्त्री तोकिएको र उनीहरुको जिम्मेवारी केही दिनमा टुङ्गो लगाइने मुख्यमन्त्री स्रोतले बतायो ।